कांग्रेस लिलितपुर जिल्ला अधिवेशनमा हो हल्ला र नाराबाजी

१२ मंसिर, ललितपुर । नेपाली कांग्रेस को १४ औं महाधिवेशन अन्तगर्त अहिले जिल्ला अधिवेशन चलिरहेका छन् । आज काठमाण्डौ उपत्यकाको ललितपुर जिल्ला काँग्रेस सभापतिका लागि आज दोस्रोचरणमा मतदान भएको छ। मतदान सुरू हुनुअघि मतदान स्थलमा नाराबाजी भएको छ।

सभापतिका उम्मेदवारहरू रामकृष्ण चित्रकार र जितेन्द्रकुमार श्रेष्ठबीच चुनावी प्रतिस्पर्धा भइरहेको छ। हिजो शनिबार मतदान भए पनि कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि आज मतदान गरिएको छ।

यसैबीच पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणालाई लक्षित गर्दै जिल्ला सभापति मदन अमात्य पक्षधरले दुर्व्यहार गरेका छन्। राणालाई दुर्व्यवहार गरेको विरोधमा उनीपक्षले पनि नाराबाजी गरेका थिए।

राणाले प्रचार सामग्री मतदान भइरहेको हलभित्र नलैजान आग्रह गर्दा उनीमाथि दुर्व्यवहार गरिएको हो।

ललितपुरमा सभापति शेरबहादुर देउवा पक्षबाटै २ जना सभापतिका उम्मेदवार थिए। राणा र अमात्य पक्षबाट दुई उम्मेदवार थिए।

राणाले श्रेष्ठलाई समर्थन गरेका छन् भने अमात्यले चित्रकारलाई समर्थन गरेका छन्।

नाराबाजी र हो(हल्लाबीच जाउलाखेलको स्टाफ कलेजमा मतदान प्रक्रिया भने जारी रहेको छ ।