एमाले निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्नका लागि ८ बुँदे आचारसंहिता

११ मंसिर, चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन हिजोबाट चितवनमा चलिरहेको छ । आज बन्दसत्र रहेको छ भने सकभर आजै नयाँ नेतृत्वका लागि चुनाव अगाडी बढाइने पनि छ । यसै क्रममा एमाले निर्वाचन समितिले १० औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचनसँग सम्बन्धित कामलाई अन्तिम चरणमा पुर्‍याएको छ । नेताहरूले सहमतिमार्फत नेतृत्व चयनमा जोड दिँदै गर्दा निर्वाचन समितिले पनि आफ्नोतर्फबाट गर्नुपर्ने कामलाई तीव्रता दिएको हो ।

अध्यक्ष मण्डलले निर्वाचनको प्रक्रिया अगाडि बढाउन जिम्मेवारी दिएपछि काम अघि बढ्ने बढेको हो। एमाले निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्नका लागि ८ बुँदे आचारसंहिता बनाएको छ । आचारसंहितामा निर्वाचनसँग सम्बन्धित विविध विषयहरू समेटिएको छ ।