माओवादीको आज देशैभर ७५३ वटा स्थानीय तहको अधिवेशन, अध्यक्ष ‘प्रचण्ड’ले भर्चुअल’ बैठकबाट अधिवेशनको सम्बोधन गर्दै

११ मङ्सिर, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय अन्तरगत आज देशैभर ७५३ वटा स्थानीय तहको अधिवेशन गर्दैछ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कुल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गर्न लागेको हो ।

पालिका सम्मेलनलाई आज अध्यक्ष ‘प्रचण्ड’ले भर्चुअल’ बैठकबाट सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ ।

आजको सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गर्नेछ । यी मङ्सिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरिएको छ ।

माओवादीले पार्टी सङ्गठनलाई एउटा निश्चित विधि र पद्धतिअनुसार अगाडि वढाउने उद्देश्यले पार्टी संरचनाभित्रै आन्तरिक निर्वाचनलाई पनि स्वीकार गरिएको छ । सोहीअनुसार यही मङ्सिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्वसमेत चयन गरिसकेको छ ।

माओवादी केन्द्रले पालिका सम्मेलनका लागि निर्वाचन समितिमा रहेर काम गर्नेलाई केन्द्रीय तहबाटै प्रशिक्षण दिई सबै स्थानीय तहमा पठाइसकिएको छ । वडा सम्मेलनमा निर्वाचित भएका प्रतिनिधिले विधानमा भएको व्यवस्थाअनुसार ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुश्लिमको प्रतिनिधित्व सुनिश्चित हुनेगरी नेतृत्व चयन गर्दैछ ।