क्यानडामा अन्धाधुन्ध गोली बर्षा १३ जनाको मृत्यु

कदर न्यूज

बैशाख ८, काठमाडौं । कोभिड १९ को महामारी विश्वभरी चलिरहेको बेला क्यानडामा भने गोली काण्ड चलेको छ । एक बन्दुकधारीले विभिन्न ठाँउमा जथाभावी गोली चलाउँदा एक महिला प्रहरीसहित १३ जनाको ज्यान लिएका छन् । हिजो आइतबार भएको यो घटनालाई क्यानडामा ३० वर्षयता भएको सबैभन्दा ठूलो सामुहिक हत्या भएको हो ।
ग्याब्रियल वोर्टम्यान नाम गरेका ५२ वर्षिय ती बन्दुकधारीले क्यानडाको नोभा स्कटिया प्रान्तमा यो घटना गराएका हुन् । १२ घण्टाको प्रयासपछि उनी प्रहरीको गोलीबाट मारिएका छन् । उनले आक्रमण गर्दा एक ठाउँमा आफूलाई प्रहरीको जस्तै पोशाकमा प्रस्तुत गरेका थिए भने गाडीलाई पनि प्रहरीको गाडी जस्तै बनाएका थिए । प्रहरीले ती व्यक्ति र हत्या गरिएका मानिसहरूबीच कुनै सम्बन्ध नभएको जनाएको जनाइए पनि अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले बताएको छ ।