मन्त्री खतिवडाको विशेष चासो र निर्देशनपछि श्यामलाल सार्कीको उपचार वीर अस्पतालमा हुँदै

८ मंसिर, काठमाडौं । केही दिन अघि सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरुमा एक जना व्यक्तिको पेटमा पानी भरिएर पेट नै बढेमानको बेलुन फुलाएजस्तै हुने एक खालको रोगबाट विगत १३ वर्षदेखि सो रोगबाट ग्रसित श्यामलाल सार्की नेपालीबारे समाचार प्रशारण भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको विशेष चासो र निर्देशनमा उनको उपचार वीर अस्पतालमा सुरु भएको छ । निज ४९ वर्षिय नेपालीको उपचार मंसिर ३ गते शुक्रबारबाट वीर अस्पतालमा सुरु भएको हो ।

एसाइटिस नामक सो रोगका कारण सन्धीखर्क नगरपालिका वडा नं ९ नौलापानीका नेपाली हिँडडुल गर्न समेत नसक्ने अवस्थामा थिए । विपन्न, गरिव र दलित परिवारमा जन्मिएका नेपालीको अहिले वीर अस्पतालको मेल मेडिकल वार्ड अन्तर्गत बेड नं १२३ मा उपचार भैरहेको छ । स्वास्थ्य मन्त्रालय मन्त्री खतिवडाको ‘सचिवालयको विशेष निगरानी र मन्त्रीज्युको सचिवालको नियमित चासो तथा पहरेदारीमा अस्पतालबाट प्राप्त हुनसक्ने जति सबै सुविधा निशुल्क हुनेनेगरी उहाँको उपचार भैरहेको जानकारी स्वास्थ्य मन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारीले कदर न्युजलाई बताउनु भयो ।

प्रेस सल्लाहकार बिडारीका अनुसार, अल्ट्रासाउन्ड, इन्डोस्कोपी लगायतका परिक्षणहरु भैसकेको छ । कलेजोमा समस्या देखिएको र पेटको पानी निकाल्ने काम पनि हरेक दिनजसो भैरहेको चिकित्सकहरु मार्फत आफुमा जानारी भएको उहाँले बताउनु भयो सो पानी परिक्षणका लागि दिइएको र रिसोर्ट भोलि विहिबारमात्र आउने अस्पतालले जनाएको छ । उक्त रिपोर्ट आएपछि कसरी उपचार गर्ने भन्ने बारेमा चिकित्सकहरु निष्कर्षमा पुग्ने बताइएको छ । विरामीलाई भर्ना गरेर उपचार थालिएको र अस्पतालमा उपलव्ध भएजतिका औषधी, खाना लगायत अन्य व्यवस्था गरिएको र बाहिर किन्नुपर्ने औषधी खर्चका लागि पनि अभियन्ताहरुले सहयोग अभियान चलाएको विरामीलाई रेखदेख गर्दै आएका सन्तोष लोहनीले बताए ।