प्रहरी नायव उपरीक्षकमा १३ जना बढुवाका लागि सिफारिस

नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी नायव उपरीक्षकमा १३ जना बढुवाका लागि सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयका अनुसार मङ्सिर ४ गते बसेको बढुवा समितिको बैठकले प्रहरी निरीक्षकहरूलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ९४० अनुसार बढुवा सिफारिस गरिएको हो ।