३ मंसिर, काठमाडौं । सर्वोच्च अदालत परिसरमा आज पनि चर्का नारा लगेका छन् । आन्दोलनरत कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै धर्नाका साथै नारा लगाएका छन ।
नेपाल बार एशोसिएसनको अगुवाइमा शुक्रबार सर्वोच्च परिसरमा भेला भएका कानून व्यवसायीहरुले कर्मचारीहरुलाई झ्याल खोलिदिन आग्रह गर्दै ‘हामी अरु जान्दैनौं, चोलेन्द्रलाई मान्दैनौं’ भन्दै नाराबाजी गरेका हुन् । आफूहरुको आवाज प्रधानन्यायाधीश जबराले सुनुन् भनेर उनीहरुले कर्मचारीहरुलाई झ्याल खोलिदिन आग्रह गरे ।
सर्वोच्च परिसरमा केहीबेर नाराबाजी गरेर कानून व्यवसायीहरु नेपाल बार एशोसिएसनको कार्यालयमा फर्किएर कोणसभा गर्नेछन् ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै कानून व्यवसायीहरुले १४ कात्तिकदेखि विरोध प्रदर्शन गर्दै आएका छन् ।