Breaking News

कानून व्यवसायीहरुलाई नेपाल बार एशोसिएसनको कार्यालय परिसरमै अश्लील गाली गर्ने दुई जना पक्राउ

३ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुलाई हिजो बिहीबार नेपाल बार एशोसिएसनको कार्यालय परिसरमै अश्लील गाली गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले तीर्थ ढकाल र सिताराम श्रेष्ठलाई पक्राउ गरेको हो । ढकाललाई बौद्धबाट र श्रेष्ठलाई मूलपानीबाट गएराति पक्राउ गरिएको हो ।