भोलिबाट बाँकेमा थप कडाई गरिने लकडाउन

बैशाख ७, बाँके । कोरोना भाइरसका कारणले नेपाल लकडाउनको अस्थामा रहेको छ । तर पनि दिनप्रतिदिन कोरोना भाइरसका संक्रमति देख पार्न थालेका पनि छन् । यसैको मध्यनजर गर्दै भारतको प्रमुख नाकाको रुपमा रहेको नेपालगंज रुपडिया नाका रहेको बाँकेमा भोलि सोमबारदेखि लकडाउनलाई थप प्रभावकारी गर्ने भएको छ । बाँके जिल्ला प्रशासन कार्यालयका अनुसार लकडाउन थप कडाई गरिने बताएका छ । आज आइतबार साँझ एक सूचना जारी गरेर जिल्ला प्रशासन कार्यालय बाँकेमा लकडाउन कडाई गरिने बताइएको छ ।
भोलि सोमबारदेखि लागु हुनेगरी अर्को सूचना जारी नहुँदासम्म दिउँसो ४ बजेपछि औषधी पसल बाहेक अन्य कुनै उद्योग व्यवसाय समेत खोल्न नपाइने बताइएको छ ।