Breaking News

सर्वोच्च अदालतका बहुमत न्यायाधीशले सर्वोच्चको पूर्ण बैठकको माग

कार्तिक १४ गतेबाट प्रधानन्यायाधीशस चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएर दिनहुँ सर्वोच्व परिसरमा धर्ना गरिरहेका छन् भने प्रधानन्यायाधीशस जबराले निरन्तर सर्वोच्वको काकारवाही अगाडी समेत बढाईरहेका छन् । यसै क्रममा सर्वोच्च अदालतका बहुमत न्यायाधीशले सर्वोच्चको पूर्ण बैठकको माग गरेका छन् । बुधबार सर्वोच्च अदालतका चौध न्यायाधीश (दुई न्यायाधीश बिदामा तर सहमति) को बैठकबाट तत्काल फुलकोर्ट बोलाउने निर्णय भएसँगै मुख्य रजिस्ट्रारलाई सो को जानकारी गराइएको छ ।

न्यायपालिका सुधारको माग गर्दै तीन साताभन्दा लामो समयदेखि इजलास बहिष्कार गरिरहेका न्यायाधीशहरूले तत्काल सर्वोच्चको पूर्ण बैठक बोलाएर सर्वोच्च अदालत नियमावली संशोधन गरी गोलाप्रथामा जानुपर्ने निष्कर्ष निकालेका हुन् । लामो समय जनताका मुद्दा नहेरी आन्दोलनमा जाँदा त्यसले नकारात्मक सन्देश जाने भन्दै नियमावली संशोधन गरी गोलाप्रथामा जाने प्रयोजनका लागि फुलकोर्ट बोलाउन लगाइएको हो । बैठक बोलाउन प्रधानन्यायाधीशसमेत सकारात्मक रहेको बताइएको छ ।