मोरङको ग्लोबल बायो इनर्जी उद्योगमा आगलागी

१ मंसिर, विराटनगर । मोरङको कटहरी गाउँपालिका(४ मा रहेको ग्लोबल बायो इनर्जी उद्योगमा आज बिहान आगलागी भएको हो ।

सवारी साधनको टायरमा प्रयोग हुने तेल उत्पादन गर्ने उद्योगमा लगभग बिहान ५स्३० बजेतिरबाट आगलागी सुरु भएको हो । नियन्त्रणको प्रयास जारी छ ।

स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा दमकलको सहायता लिएर आगो नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए ।

विराटनगर, इटहरी, कानेपोखरी, रङ्गेली, दुहवीलगायतका स्थानबाट गएका दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

विद्युत सर्ट भइ आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ ।