उपाध्यक्ष भिम रावलले कैलाली क्षेत्र नं २ मा समानान्तर ढंगले महाधिवेशन प्रतिनिधि चयन गर्दै

नेकपा एमाले भित्र १० बुँदे कार्यान्वयनका लागि उपाध्यक्ष भीम रावल सहित १० जना र संस्थापन पक्ष बिशेष गरी एमाले अध्यक्षबीच टकराव नै चलिरहेको छ । १० भाइ मध्यका प्रमुख पात्र उपाध्यक्ष भमि रावलले १० बुँदे कार्यन्वयनका लागि हरदिन उठान गरिरहेका छन् भने अध्यक्ष ओलीले पेलेर नै हिडेका छन् । तर पनि एमालेको १०औं महाधिवेशन यही मंसिर १० गतेबाट चितवनमा सुरु हुँदै छ र महाधिवेशन प्रतिनिधि छान्ने अन्तिम बिन्दुमा पुगेको बेला उपाध्यक्ष भिम रावलले कैलाली क्षेत्र नं २ मा समानान्तर ढंगले महाधिवेशन प्रतिनिधि चयन गर्ने तयारी गरेका छन्।

एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवम् लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईँले हिजो मंगलबार सार्वजनिक सूचना जारी गर्दै महाधिवेशन प्रतिनिधि चयन गर्ने बताएका हुन्।

दशौं राष्ट्रिय महाधिवेशनमा कैलाली क्षेत्र नं.२ बाट ६ पुरूष र ३ महिला गरि जम्मा ९ जना प्रतिनिधि छनोट गर्न देहायको मिति, समय र स्थानमा कैलाली क्षेत्र नं.२ का सम्पूर्ण संगठित सदस्यको भेला आयोजना गरि छनोट गर्नुपर्ने भएकाले यस क्षेत्रमा रहेका हाम्रो पार्टीका सम्पूर्ण संगठित सदस्य कमरेडले यसै सूचनालाई आधार मानी उपस्थित भइदिनहुन हार्दिक अनुरोध गर्दछु’, बजगाईँले सामाजिक सञ्जालमार्फत सूचना राखेका छन्।

संस्थापन पक्षले यसअघि शनिबार महाधिवेशन प्रतिनिधि चयन गरिसकेको छ। तर बजगाईँले महाधिवेशन प्रतिनिधि छनोट भइसकेको भन्ने भ्रममा नपर्नसमेत अपिल गरेका छन्।