सर्बपक्षिय भेलाले पृथ्वी राजमार्ग विस्तार सरोकार समितिको अध्यक्षमा सुदिन पौडेल चयन

३० कार्तिक, तनहुँ । बन्दिपुर-५ का वडाअध्यक्ष ध्रुव प्रसाद लामिछानेको अध्यक्षतामा बसेको सर्बपक्षिय भेलाले पृथ्वी राजमार्ग विस्तार सरोकार समितिको अध्यक्षमा सुदिन पौडेल चयन भएका छन ।

पृथ्वी राजमार्ग विस्तारको सवालमा सरोकार समिति निर्माण गरिएको अध्यक्ष पौडेलले बताएका छन् ।

दक्षता अनुसार स्थानिय, श्रम र सामग्रीमा अग्रअधिकार हुनुपर्ने मुख्य उद्देश्य र पर्यावरणीय सुरक्षा अनुसार निर्माण कार्य हुनुपर्ने भन्दै समिति गठन गरिएको हो । त्यस्तै समितिको सचिवमा सुरेश क्षेत्री, उपाध्यक्षमा खगराज गौली, सहसचिवमा मदन पाटा र कोषाध्यक्षमा दुर्गा अर्याल चयन भएका छन ।