२ नम्बर प्रदेशको रौतहटमा कार दुर्घटना चार जनाको मृत्यु

२८ कात्तिक, काठमाडौं । २ नम्बर प्रदेशको रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको यमुनामाई गाउँपालिका(५ जुनखुनुवामा शनिबार राति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जना पुरुषको मृत्यु भएको हो ।

कारको सिसा फोडेर चार जना पुरुषलाई बाहिर निकालेर अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएलगत्तै डाक्टरहरूले चारै जनाको मृत्यु भएको घोषणा गरिएको छ ।

मृत्यु हुनेहरुको परिचय खुलेको छैन ।