महाधिवेशन प्रतिनिधि छनोटमा पार्टी सत्ताको घिनलाग्दो दुरुपयोग

सांसद, झपट रावल

नेकपा एमालेले आज देशैभरीमा करिब जिल्लामा महाधिवेशन प्रतिनिधि छानेको छ । सोही प्रक्रियालाई लिएर एमाले नेता तथा सांसद झपट रावलले कैलालीमा महाधिवेशन प्रतिनिधि छनोटमा पार्टी सत्ताको घिनलाग्दो दुरुपयोग भएको भन्दै चर्को असन्तुष्टि जनाएका छन् ।

नेता रावलले आज साँझ सामाजिक संजालमा ट्वीट गर्दै कार्यकर्ताको चुन्ने र चुनिने सार्वभौम अधिकारको चिरहरण भएको भन्दै नेतृत्वले जबजको उपहास गरेको बताएका छन् ।