समय अझै घर्किनसकेको प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तत्काल राजीनामा दिन आग्रह

२६ कात्तिक, काठमाडौं । कानुन व्यावसायीले आज सर्वोच्व गेट अगाडी धर्ना र बिरोधपछि बोल्ने क्रममा वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा दिने कि पदच्यूत पर्खिने भनेर रोज्नुपर्ने बताएका छन् ।

नेपाल बार एशोसिएसनको आह्वानमा सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएका कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै दाहालले भने, ‘समय वित्दै गर्दा पदच्यूतको बाटोमा जानु पर्ने हुन्छ ।

समय अझै घर्किनसकेको भन्दै उनले तत्काल राजीनामा दिन आग्रह गरे । बारको लक्ष्य प्रष्ट रहेको भन्दै उनले त्यो पूरा नहुँदासम्म सर्वोच्चको मूल गेटमा धर्ना जारी राख्न समेत सुझाव दिए ।

बार एशोसिएसनका पूर्वअध्यक्ष समेत रहेका दाहालले अब राजनीतिक दलहरु पनि चुप बस्न नसक्ने बताए । दलहरुले मौनता नतोडे आफूहरुको आन्दोलन सरकार र दलहरुको अकर्मन्यतातिर पनि केन्द्रित हुने दाहालको चेतावनी छ ।