२६ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरलाई अदातभित्र पस्न नदिने कानुन व्यवसायीको जुलुसमा झडप भएको छ भने केही पक्राउ समेत परेका
छन् ।
कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसर सडकमा उत्रिएर नाराजुलु र घेराउ गरिरहेका छन्। आन्दोलनरत पक्ष र विपक्षका कानुन व्यवसायीहरुबीच केहीबेर धकेलाधकेल भएपछि झडप भएको हो ।
कानुन व्यवसायीहरु बाहिरी सडक हुँदै सर्वोच्च अदालत तर्फ अघि बढेका छन् । सर्वोच्च अदालत प्रवेश गर्ने भित्री गेटहरु सबै बन्द भएपछि उनीहरुले बाहिरी गेटतर्फ अगाडि बढेका हुन् । उनीहरुले प्रधानन्यायाधीश राजीनामा दे भन्दै नारा लगाएका छन् ।