जनताको सडकमै भान्छा तर सरकार तिमी कता छौं हेरिदेउन, बोलिदेउन

७ वैशाख, काठमाडौं । कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि सरकारले लकडाउन गरेको एक महिना हुन लाग्यो त्यसैको अवसर आजभोलि विपन्न, , असक्त ,असाहय, ज्यालादारी, मजदुर र विद्यार्थीलाई छाक टार्नै मुश्किल भइरहेको छ । सरकारले स्थानीय तहले राहत वितरण गर्ने भने पनि शहरी क्षेत्रमा समस्यामा परेका गरिब, ज्यादारी विपन्न, मजदुर र बिद्यार्थीसम्म राहतको पहुँच पुग्न सकेको छैन । यस्तो समस्या काठमाडौंको उपत्यकामा ज्यादै मात्रामा रहेका छन् । जो आजभोलि दिनदिनै सडकमै त्यता परिवार र मान्छेलाई केही समुह, व्यक्तिले भोजन खुवाई रहेका दृश्य देख्न पाइन्छ ।
काठमाडौं महानगरपालिको बागबजारमा रहेको ‘क्लब–२८’ ले पनि यसरी नै खाना खुवाउने गरेको छ । राहत वितरण गर्दा वास्तविक पीडितले नपाउने र पीडितले राहत पाए पनि पकाएर खान नसक्ने अवस्था भएका कारण खाना नै खुवाएको ती संस्थाको जनाएको छ । त्यस्तै ललितपुरको यूयन पार्क, टियू को मैदान जस्ता धेरै खुला ठाउँमा त्यस्ता खालका समस्यामा परेका मान्छे र परिवारलाई सित्तैमा खाना खुवाइरहेका छन् । तर सरकारको त्यतातिर किन ध्यान गएको छैन । एकछाक खाने राहत दिएर पुग्छ जस्तै गरेर कानमा तेल हालेर किन बसीरहेको छ ।