प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आज आइतबार इजलासमा बसेका छन्

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आज आइतबार इजलासमा बसेका छन् । प्रधानन्यायाधीश जबराको इजलासमा चितवन जिल्ला अदालत समेतका विरुद्ध दायर रिट निवेदनमाथि सुनुवाइ भइरहेको छ । महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट डा. टेकबहादुर घिमिरेले दायर गरेको रिट निवेदनमाथि प्रधानन्यायाधीश जबराको बेन्चमा सुनुवाइका लागि पेसी तोकिएको थियो । सोही इजलासमा उच्च अदालत पाटनसमेतका विरुद्ध भेषराज लोहनीले दायर गरेको रिट निवेदन पनि पेसीमा राखिएको छ ।

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई इजलासमा नबस्न आग्रह गरेको थियो । न्यायालयमा पछिल्लो समय देखिएको विवादका क्रममा सर्वोच्च अदालतका अधिकांश न्यायाधीशका साथै बार एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई राजीनामाका लागि दबाब दिँदै आएका छन् ।