Breaking News

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज नगरिए कडा सङ्घर्षमा उत्रिने ६ विद्यार्थी सङ्गठनले

६ विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न माग गरेका छन्। नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह एकीकृत समाजवादी निकट अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली जसपा निकट समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौँका अध्यक्ष देवेन्द्र कुँवर विप्लव निकट अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही र क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मूल्यवृद्धिले आम(नेपालीको जनजीवन कठिन बनाएको ठहर गरेका छन्।

दैनिक जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल, डिजेल र मट्टितेल जस्ता पदार्थमा चाडबाडको समयमा गरिएको मूल्यवृद्धि र त्यसले समग्र क्षेत्रहरूमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको छ। ६ विद्यार्थी सङ्गठनले विज्ञप्तिमा भनेका छन्,ुबहुसङ्ख्यक जनताले निम्न आयमा गुजारा गर्नुपर्ने हाम्रो जस्तो मुलुकमा सरकार नियन्त्रित आयल निगमको केबल तेलको व्यापारीको जस्तो भूमिका किमार्थ स्वीकार्य छैन ।ु विज्ञप्ति र शालीन आग्रहलाई बेवास्ता गरिए कडा सङ्घर्षमा उत्रन बाध्य हुने उनीहरूको चेतावनी छ।