एमालेको केन्द्रीय कमिटी बैठकले १०औ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिले विभिन्न १२ समिति गठन

१२ कात्तिक, काठमाडौं। नेकपा   आज बसेको केन्द्रीय कमिटी बैठकले १०औ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिले विभिन्न १२ समिति गठन गरेको छ । मूल व्यवस्थापन समितिको बैठकले खाद्य, आवास, स्वयम् सेवक, प्रचार लगायत १२ समिति गठन गरेको हो ।

केन्द्रीय कमिटी बैठक लगत्तै महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक बसेको थियो । बैठकले महाधिवेशनमा विभागीय जिम्मेवारी बाँडफाँड गर्न समितिहरु गठन गरेको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए ।

चितवनमा १०-१२ मंसिरमा हुने महाधिवेशनका लागि रामबहादुर थापा बादलको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन भएको थियो ।