एमाले रघुगंगा गाउँपालिका कमिटीमा दिपक कार्कीको नेतृत्वमा पालिका कमिटी गठन गर्दै अधिवेशन सम्पन्न

नेकपा एमालेको १०औं महाधिवेशन अन्तर्गत हिजोबाट पालिकास्तरको अधिवेशन सम्पन्न भएकोे छ । नेपाल कम्युनिष्ट पाटी एमाले रघुगंगा गाउँपालिका कमिटीमा दिपक कार्कीको नेतृत्वमा पालिका अधिवेशन सम्पन्न गर्दै कमिटी गठन गरिएको छ । मौवाफाँटमा सम्पन्न प्रथम पालिका अधिवेशनबाट कार्की नेतृत्वमा ५८ सदस्यीय पालिका कमिटी गठन गरिएको हो ।

पालिका कमिटिको उपाध्यक्षमा गम पुन, सचिवमा झलक शर्मा, उपसचिवमा याम कुमारी गर्वुजा र दिपा पुन चयन गरिएको नेकपा एमाले म्याग्दीका सचिव बालकृष्ण सुबेदीले जानकारी दिए ।

नेकपा एमाले म्याग्दीका उपाध्यक्ष देबेन्द्रबहादुर कटुवालले निर्वाचित कमिटीलाई सपथ ग्रहण गराएका थिए ।न सम्पन्न गर्दै कमिटी गठन गरिएको छ । मौवाफाँटमा सम्पन्न प्रथम पालिका अधिवेशनबाट कार्की नेतृत्वमा ५८ सदस्यीय पालिका कमिटी गठन गरिएको हो ।

पालिका कमिटिको उपाध्यक्षमा गम पुन, सचिवमा झलक शर्मा, उपसचिवमा याम कुमारी गर्वुजा र दिपा पुन चयन गरिएको नेकपा एमाले म्याग्दीका सचिव बालकृष्ण सुबेदीले जानकारी दिए ।

नेकपा एमाले म्याग्दीका उपाध्यक्ष देबेन्द्रबहादुर कटुवालले निर्वाचित कमिटीलाई सपथ ग्रहण गराएका थिए ।