प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोगको विषयमा सत्तारुढ गठन्धनमा छलफल भएको छैन

अध्यक्ष, प्रचण्ड

९ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोगको विषयमा सत्तारुढ गठन्धनमा छलफल नभएको बताएका छन् ।

मंगलबार चितवनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले महाअभियोगको विषयमा चर्चा र छलफल नै नभएको बताए ।

‘गठबन्धनमा त्यस्तो छलफल भएको छैन, हिजोमात्र हामी गठबन्धनका तीनवटा पार्टी जुटेका थियौं । तर पाँचवटै पार्टी जुटेर छलफल गर्ने भन्ने भएको छ’ उनले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले न्यायालयको स्वतन्त्रता र गरिमा कतैबाट जाँच नआओस् भन्ने कुरामा सबै सतर्क हुनुपर्ने बताए ।

हाल न्यायालयमा देखिएको विवाद एक– दुई दिनभित्रै निष्कर्षमा पुग्ने आशा गरेको पनि प्रचण्डले बताए ।

‘न्यायालयमा जुन डिबेट चलिरहेको छ । एक दुई दिनभित्र निष्कर्षमा पुग्छ भन्ने लाग्छ । तर पनि हामी के कुरामा सतर्क हुनुपर्‍यो भने कार्यपालिका न्यायपालिका, व्यवस्थापिकाले आफ्नो स्वतन्त्रता र गरिमा कायम राख्न बल गर्नैपर्छ ।