नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त

सरकारले नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकले एयरलाइन्सका यसअघिका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत गर्ने निर्णय पनि गरेको छ । अधिकारीलाई कार्यकारी अधिकारसहितको अध्यक्ष बनाइएको हो । अधिकारीले निगमबाटै केही वर्षअघि निर्देशक पदबाट अवकाश पाएका थिए । उनी उमेर हदका कारण सेवा निवृत्त भएका थिए ।

निगममा डिमप्रसाद पौडेल महाप्रबन्धक छन् । उनलाई तत्कालीन केपी ओली सरकारले नियुक्त गरेको थियो । नयाँ नियुक्तिसँगै उनको भूमिका खुम्चिने बताइएको छ ।