७ असोज, जलजला मल्लाज, पर्वत । नेकपा एमालेको १०औं महाधिवेशन अन्तर्गत हिजो एकै दिन देशभरमा एमालेले वडा अधिवेशन सम्पन्न गरेको छ । वडा अधिवेशनमा एमाले जिल्ला कमिटी सचिवालय सदस्य लालबहादुर अधिकारीको प्रमुख अतिथिमा र एमाले जलजला २ की निवर्तमान वडा कटिकी अध्यक्ष हेमकुमारी अधिकारीको अध्यक्षता र वटा अधिवेशनको संचालन टेकबहादुर जिसीले संंचालन गरी सम्पन्न जलजला गाउँपालिकाका ९ वटा वटा मध्यमा ८ वटा वटामा एमालेले हिजो सर्वसहमतिबाट नेतृत्व छान्दै एमालेले वडा अधिवेशन सम्पन्न गरेको छ ।
एमाले जलजला गाउँकमिटीले जनाए अनुसार वडा नम्बर १ मा अध्यक्ष तिलक पाईजाको नेतृत्वमा उपाध्यक्ष शेरबहादुर चोचाङ्गी, सचिव रुपेश पाईजा, उपसचिव अरुण पाईजा र गोबिन्द खत्री सहितको वडा ककिटी गठन गरिएको छ । त्यस्तै जलजाल वडा नम्बर २ मा अध्यक्ष बमबहादुर बिकको नेतृत्वमा उपाध्यक्ष जुना के सी, सचिव बाबुराम कार्की, उपसचिव कृष्णबहादुर कार्की र सुमन बद्रेवा सहितको ३१ सदस्यीय वडा कमिटी गठन गरिएएको छ । त्यस्तै वडा नम्बर ३ मा एगेन्द्रबहादुर खत्रीको अध्यक्षतामा उपाध्यक्ष केशवकुमार रेग्मी, सचिव कृष्णबहादुर बरुवाल, उपसचिव दलबहादुर जिसी र विशाल शर्मा सहितको वडा कमिटी गठन गरिएके छ ।
त्यस्तै जलजला ४ को एमाले वडा अधिवेशनबाट भरतबहादर क्षेत्रीको अध्यक्षतामा उपाध्यक्ष शोभा जिसी, सचिव कृष्णबहादुर घर्ती, उपसचिव खड्कबहादुर बोहोरा र दिपकबहादुर गरीसहितको ३१ सदस्यीय कमिटी गठन गरिएको छ । त्यस्तै जलजला ५ मा देवेन्द्रबहादुर जिसीको अध्यक्षतामा उपाध्यक्ष होमबहादुर पुन, सविच लक्ष्मण पुन उपसचिव माया सापकोटा (सुवदी) र देवेन्द्र पुनको सहितको वडा कमिटी गठन गरिएको छ । त्यस्तै वडा ६ कोे अधिवेशनबाट दिलनाथ सापकोटाको नेतृत्वमा उपाध्यक्ष लकबहादर पुर्जा, सचिव कृष्णबहादुर पुन, उपसचिव जयसागर सुवेदी र माया बोहोरा सहितको ३१ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।
त्यस्तै जलजाल एमाले ७ वटा अधिवेशनबाट वेदनाथ आचार्यको अध्यक्षतामा उपाध्यक्ष मायादेवी शर्मा, सचिवमा जुमबहादुर बुढामगर, उपसचिवमा मनिस रेग्मी र गंगादेवी क्षेत्री सहितको ३१ सदस्यीय वटा कमिटी गठन गरिएको छ । त्यस्तै हिजै जलजाल एमाले ८ वटा अधिवेशनबाट अध्यक्ष एकबहादुर केसी, उपाध्यक्ष जविनधरे रेग्मी, सचिव नारायण केसी, उपसचिव भुवन केसी र रीता पौडल रेग्मीको सहितको ३१ सदस्यीय वटा कमिटी गठन गरिएको छ । ९ वटा कमिटीको अधिवेशन पछि गर्ने गरी अरु आठ वडाको वडा अधिवेशन हिजो सम्पन्न गरिएको एमाले जलजाल गाउँकमिटीले बताएको छ ।