बझाङमा पहिरोले गाउँ पुरिँदा २३ जना सम्पर्कविहीन

लगातार रुपमा आईरहेको बर्षाले गर्दा बझाङमा पहिरो आउँदा गाउँ पुरिँदा २३ जना सम्पर्कविहीन भएका छन्।

थलारा गाउँपालिका( ४ डिख्लामा मंगलबार बिहान पहिरो जाँदा ७ घर पुरिएका हुन्। बेपत्ता हुनेमा स्थानीय गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका छन् ।

स्थानीय जनप्रतिनिधि समेत घटनास्थल पुग्न सकेका छैनन्। स्थानीयले पानी परिरहेकोले बेपत्ता हुनेहरूको खोजी गर्न सकेका छैनन्।