एजेन्सी ।
बैशाख ७, काटमाण्डौ । चीनलाई चीनबाट फैलिएको कोरोना भाइरसले अमेरिकामा अत्याधिक मात्रामा मान्छे मर्न थालेपछि अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पले यदि यो कोरोना भाइरस महामारीका लागि चीन जिम्मेवार देखिए उसले त्यसको परिणाम नमिठो भोग्ने चेतावनी दिएका छन् । उनी अगाडी भन्छन्, यदी त्यो गल्ती थियो, त्यो गल्ती हो । तर, उनीहरू यसबारेमा जानकार थिए भने त्यसको परिणाम भोग्नुपर्नेछ’, ट्रम्पले आफ्नो नियमित ब्रिफिङमा हिजो शनिबार भनेका छन् । तर उनले ब्रिफिङमा अमेरिकाले के कदम चाल्छ भन्ने बारेमा भने केहि बताएनन् । यसअघि बेलायतले पनि चीनले कोरोना भाइरस सम्बन्धी ’कडा प्रश्नहरूको सामना गर्नुपर्ने’ बताएको थियो ।
ट्रम्प र वरिष्ठ सहयोगीहरूले चीन कोरोना भाइरसका बारेमा पारदर्शी नभएको भन्दै उसको तीखो आलोचना गर्दै आइरहेका छन् । यसै साता ट्रम्पले विश्व स्वास्थ्य संगठन चीनको पक्षपाती भएको भन्दै उसलाई दिने अमेरिकी सहयोग रोक्का गरिसकेका छन् । विश्वका यी दुई ठूला अर्थतन्त्रबिच कोरोना भाइरसलाई लिएर पटक(पटक सार्वजनिक रुपमै आरोप(प्रत्यारोप हुँदै आएको छ ।
ट्रम्पले सुरुमा कोरोना भाइरसमा चीनले गरेको नियन्त्रण प्रयासको खुलेर तारिफ गरेका थिए तर पछि उनी र उनका सहयोगीहरूले यसलाई ’चिनियाँ भाइरस’को उपनाम दिएर विवाद निम्त्याएका थिए । दुबै देशबिच गत वर्ष केही समय चलेको व्यापारयुद्धपछि कृषि व्यापारका बारेको भएको पहिलो चरणको सहमतिलाई उल्लेख गर्दै ट्रम्पले ’उनीहरूले यस्तो गर्दासम्म’ चीन(अमेरिका सम्बन्ध राम्रो भएको बताए । कोरोना भाइरसको महामारी ’भुलवश’ नियन्त्रण बाहिर गएको थियो वा जानाजान गरिएको थियो’ भन्ने अहिलेको प्रश्न रहेको भनाइ राखेका छन् ।