मल्लाजको कोत मन्दिरमा दशैको सरकारी राँगो ७० हजा र ५ सयमा छेदन

असोज, २९, जलजला, मल्लाल । सधैं झै दशैंको अघिल्लो दिन नवनीका दिन सरकारी राँगो छेदन र मेला लाग्ने गरेको पर्वतको मल्लाजमा यसपालि पनि मल्लाजको कोत मन्दिरमा दशैको सरकारी राँगो ७० हजा र ५ सयमा छेदन गरिएको
छ । पर्वतको जिल्लाको जलजलाको मल्लाजमा प्रमुख शक्तिपीठ रुमा चिनिएको कोतमा मन्दीरमा नवमीको दिनमा छेदन गरिने सरकारी राँगो यस बर्ष जलजला ४ फड्केढुङ्गा निवासी युवा ब्यवसायी सुनिल सेनले सत्तरी हजार पाँचसयमा राँगो छेदन गरेका हुन् । गोप्य बोलपत्रको आधारमा आफुले इच्छाएको रकम उल्लेख गर्दा सर्बाधिक रकम उल्लेख गर्ने व्यक्तिले सरकारी राँगो छेदन गर्ने ब्यबस्था गरिएको छ ।

यो भन्दा पहिला खुल्ला बढीबढाउ प्रक्रियाबाट रकम लने प्रचलन रहेको मा २०५८ साल देखि गोप्य बोलपत्रका आधारमा रकम निर्धारण गर्ने ब्यबस्था भएको अध्यक्ष डम्मर बहादुर जिसीले बताउनुभयो ।

यसरी गोप्य बोलपत्रद्वारा रकम उल्लेख गर्दा कसैको कसैसंग रिस राग झैझगडा नहुने र एकै पटकमा रकम निर्धारण हुनेहुदा यो तरिका उत्तम रहेको उहाँ अध्यक्ष जिसीेृ बताए।

सरकारी राँगो छेदन गर्नुलाइ इज्जत र प्रतिष्ठाको रुपमा समेत हेर्ने गरिएको हुन्छ सा आफ्नो मनोकांक्षा पुरा हुने समेत बिश्वास रहेको छ । जुठो (सुतक परेको अवस्था मा छेदन गरेमा छेदन नहुने र अनिस्ट समेत हुने भन्ने जनविश्वास रहेको
छ ।

No description available.