नेपालमा थप ७९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि १४ जनाको मृत्यु

२६ असोज, काठमाडौं । नेपालमा थप ७९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

७हजार ६० पीसीआर परीक्षण गर्दा ६९१ जना र २ हजार ५५९ एन्टिजेन परीक्षण गर्दा १०१ गरी ७९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजै कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ भने ९१० जना निको भएका छन् ।