Breaking News

बाजुरामा खसेको पहिरोले कर्णाली नदी थुनियो

२६ असोज, काठमाडौं । बाजुरामा खसेको पहिरोले कर्णाली नदी थुनिदा कालिकोटतर्फको कर्णाली सुकेर सानो हुँदा कर्णाली नदीमा माछा पाखामा पुगेका छन्। सुक्खा पहिरो झरेर नदी थुनिएको बुझिएको छ ।

स्वामिकात्तिक वडा नम्बर १ मा सुक्खा पहिरो खसेर नदी थुनिएको जानकारी छ । नदी थुनिएर एक किलोमिटर ड्याम बनेको छ । पहिरो खस्ने क्रम पनि जारी छ ।’

बिहान पूर्णरुपमा थुनिएको नदी अहिले भने प्राकृतिक रुपमा आफैं बग्न थालेको छ ।