मुगुको छायाँनाथ बस दुर्घटना हुँदा २३ जनाको मृत्यु, घाइते १४ जनालाई उपचारका लागि नेपालगञ्ज

२६ असोज, सुर्खेत । सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको र १० जना भन्दा धेरै घाइते भएका छन्।

३९ जना यात्रु रहेको बस दिउँसो २ बजेतिर दुर्घटनामा परेको हो । ‘ठूलो दुर्घटना भयो । बस टुक्राटुक्रा भयो । २३ जनाको लास भयो । धेरै घाइते छन् । घाइतेलाई विमानस्थलमा ल्याएर कतिपयलाई उद्दार गरिरहेको र कतिलाई प्लेन र हेलिकप्टर मार्फत् नेपालगंजतिर लिगएको छ ।

उद्दारको काम भइरहेको र शव पनि संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी महतले जानकारी दिए । अहिले नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा उद्वारका लागि घटनास्थलमा पुगेका छन् ।

मुगुमा बस दुर्घटना हुँदा घाइते भएका १४ जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

दुर्घटनामा २३ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये १२ जनालाई समिट एयरको हेलिकप्टरबाट र २ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बस सडकबाट साढे दुई सय मिटर तल खसेको छ ।