उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिंदै

२४ असोज, काठमाडौं । दुई दिन अघि मात्र नियुक्त भएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गरेका छन् ।

उनी नियुक्त नहुनु भन्दा अघि नै विरोधका बाण आईरहेका थिए की उनी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको मान्छे हुन भनेर । पछि मन्त्री भएपछि पनि उनलाई प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताएका हुन् ।

‘मैले आफ्नो स्वविवेक प्रयोग गरें, धेरै सोचें, किन विवादमा परुँ म । किन राजीनामा दिने भनेर नेताहरुले पनि भनेका छन् तर आज राजीनामा दिन्छु,’ उनले भने ।

देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् ।