कर्णाली प्रदेश अस्पताल सुर्खेतका डाक्टरहरुको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै पीडित पक्ष आन्दोलित भएका छन् । बालिका मृत्यु भएको विषयमा उचित छानविनको माग गर्दै पीडित पक्षले आन्दोलन गरेको हो ।
दैलेखको नारायण नगरपालिका –४ की पूजा कटुवालकी साढे २ वर्षकी छोरी (बालिका) कुसुम कटुवालको गएराती प्रदेश अस्पतालमा मृत्यु भएको थियो । खासै समस्या नभएकी उनको एक्कासि कसरी मृत्यु भयो पीडित परिवारले प्रश्न गरेका छन् । उनीहरुले घटनाको उचित छानविन हुनुपर्ने माग गरेका छन् ।
पीडित पक्षले ओभरडोज औषधिका कारण बालिकाको मृत्यु भएको दावी गरेको छ । बालिकाकी आमा पूजाका अनुसार कुसुमको चार दिन अगाडि नाकमा मकैको दाना अड्केको थियो । अलिकति श्वास फेर्न गाह्रो बाहेक अन्य कुनै समस्या थिएन,’ उनले भनिन्, ‘पछि समस्या आउँछकि भनेर दैलेख अस्पताल ल्याएका थियौं । जिल्ला अस्पताल दैलेखका स्वास्थ्यकर्मीले प्रदेश अस्पतालमा सहज उपचार हुने भनेर लैजान सल्लाह दिएपछि हामीले यहाँ ल्याएका थियौं ।’
शुक्रबार बिहानै प्रदेश अस्पतालका एक डाक्टरले बालिकाको स्वास्थ्यावस्था चेकजाँच गरेका थिए । ती डाक्टरले श्वास नलीमा समस्या आएको र प्रदेश अस्पतालमा आइसीयु खाली नभएको भन्दै शिक्षण अस्पताल लैजान सुझाएका थिए ।
उनी भन्छिन्, ‘ती डाक्टरले हामीलाई त्यत्ति मात्र भनेनन् बेड खाली भए यतै राखौँला भनेर समेत भनेका थिए । सोही आशामा हामीले यतै राख्यौं । तर, एक्कासि राती १० बजे डाक्टरहरुले मृत्यु भएको जानकारी गराए ।’ उनले अचम्म मान्दै प्रश्न गरिन्, ‘स्वास्थ्यमा कुनै समस्या नै नभएकी मेरी छोरीको कसरी मृत्यु भयो?रु यो स्वास्थ्यकर्मीहरुको चरम लापरबाही हो ।’
यता प्रदेश अस्पतालका प्रवक्ता डाक्टर विकास केसीले श्वासप्रश्वासका कारण बालिकाको मृत्यु भएको बताए । अस्पतालबाट लापरबाही र हेलचेक्र्यााई कुनै भएको छैन,’ ‘उहाँहरुले आरोप लगाउने न हो । बिहान दुबै पक्षबीच छलफल भएको हो । अब उहाँहरुलाई चित्त बुझ्दैन भने प्रशासन मै जानुहुन्छ ।’