नेशनल फुटसल लिगको उपाधि स्पोर्ट्स क्यासलले जित्यो

२२ भदौ, पोखरा । पोखरामा सम्पन्न नेशनल फुटसल लिगको उपाधि स्पोर्ट्स क्यासलले जितेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा भएको फाइनलमा शंकखुल फुटसललाई ४–२ गोल अन्तरले हराउँदै स्पोर्ट्स क्यासलले उपाधिसँगै १० लाख नगद समेत जितेको छ ।