नेकपा एकीकृत समाजवादीले पार्टीको चुनाव चिह्न कलम राख्ने निर्णय

२१ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको चुनाव चिह्न कलम राख्ने भएको छ ।

पार्टीको आज बसेको स्थायी कमिटीको बैठकले पार्टीको चुनाव चिह्न कलम राख्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् भने त्यसका लागि यसका लागि कानुनी प्रक्रिया छिट्टै टुंग्याउने नेता खतिवडाले बताए ।