देशभर ८०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि ८ जनाको मृत्यु ९११ जना निको

२१ असोज, काठमाडौं । देशभर ८०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार २६४ नमुनाको पीसीआर परीक्षणमा ६६७ जना र ३ हजार ४०८ नमुनाको एन्टिजेन परीक्षण गर्दा १३८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आजै कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने ९११ जना निको भएका छन् ।