आफु पक्षीय मन्त्रीको नाम छान्न काँग्रेस पौडेल पक्षीय समूहको बैठक बस्दै

सत्ता गठबन्धनले हिजो मन्त्रीभागबण्डा र विस्तारको टुङगो लगाएपछि सत्रारुढ पार्टी नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आफ्नो पक्षबाट मन्त्री बन्ने पात्रको नाम छानन बैठक सो समूहले बैठक बोलाएको छ । आज दिउँसो २ बजे पौडेल निवास बोहोराटारमा बैठक बस्न लागेको हो । पौडेल पक्षीय एक नेताको मन्त्री हुनेको नाम टुंगो लगाउन बैठक बस्न लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी थालेपछि पौडेल समूहले आफ्नो कोटाबाट मन्त्री बन्ने नाम टुंगो लगाउन छलफल गर्दैछ ।

प्रधानमन्त्री देउवाले दुई मन्त्रालय पाउने भएपनि पाँच जनाको नाम छलफलमा प्रस्ताव गरिएको छ । सुजाता कोइराला, मिनेन्द्र रिजाल, दिलेन्द्र बडू, राजन केसी र तुलानारायण चौधरीको नाममा छलफल हुनेछ । जसमध्ये दुईजनालाई मन्त्रीका लागि सिफारिस गरिने बुझिएको छ ।