नेपालमा थप ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि ६ जनाको मृत्यु १ हजार ११४ जना निको

१९ असोज, काठमाडौं । नेपालमा थप ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

११ हजार ८ सय ५२ पीसीआर परीक्षण गर्दा ७६२ जना र ४ हजार ४६० एन्टिजेन परीक्षण गर्दा २०६ गरी ९९६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने १ हजार ११४ जना निको भएका छन् ।

आज थपिएका कोरोना संक्रमितको कुल संख्या ७ लाख ९८ हजार ७६६ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार १८० पुगेको छ भने ७ लाख ७१ हजार ३३८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४८ जना रहेका छन् । जसमध्ये १५ हजार ११७ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार १३१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३३५ जना आईसीयू र १२२ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २३७ जना क्वारेन्टीनमा रहेका छन् ।

यस्तै १० वर्ष मुनिका १० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६१ सय जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २३१, झापामा ६९, मोरङमा ६३, ललितपुर र रुपन्देहीमा ४१र४१ जना, चितवन र भक्तपुरमा ३०र३० जना, रुसुवामा २४, सुनसरीमा १९, बागलुङ र बाँकेमा १६र१६ जना, कास्कीमा ११ तथा नुवाकोट र मकवानपुरमा १०र१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।