पर्सि बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने सत्तारुढ दलहरुबीच सहमति

१९ असोज, काठमाडौं । पर्सि बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने सत्तारुढ दलहरुबीच सहमति भएको छ ।

आज विहान सत्तारुढ दलका शीर्ष नेताहरुबीच मन्त्रालय भागवण्डाबारे छलफल भएको थियो । बालुवाटारमा भएको प्रधानमन्त्री एवं छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।

नेताहरुका अनुसार शीर्ष नेताहरु सहमतिनजिक पुगेका छन् । आजै साँझसम्म वा भोलि फेरि बैठक बस्छौं र पर्सिसम्म मन्त्रिपरिषद् विस्तार स्रोतले बताएको छ ।