प्रमुख भण्डारीको एक्लो संकल्पले सुधारउन्मुखतर्फ मालपोत कार्यालय भक्तपुर

१९ असोज, काठमाण्डौ । सरकारी कार्यालयहरु मध्य मालपोत कार्यालय महत्वपूर्ण अर्धन्यायिक निकाय भित्रको सरकारी कार्यालय पर्दछ । जहाँ भूमिसम्बन्धी सम्पूणै कार्य हुने गर्दछन् । कतिपय मालपोत कार्यालयहरुले आफ्नो छवि नै भ्रष्टचार हुने कार्यलयको रुपमा परिचित गराएका हुन्छन् । तर भक्तपुर मालपोत कार्यालयले भने केही फरक तरिकाले कार्यलय संचालन गरेको देख्न सकिन्छ । कार्यलयमा भरखरै आएका कार्यालय प्रमुख देवीप्रसाद भण्डारीले कार्यलयको संचालनको संरचना परिवर्तन गर्न खोजिएको देखिन्छ। मालपोत कार्यलय भक्तपुरका कार्यालय प्रमुख देवीप्रसाद भण्डारीले कार्यालयलाई व्यवस्थित गराउँदै वातावरण मैत्री बनाउने सोच राखेका छन् । मान्छेले चाहेको खण्डमा के हुँदैन हरेक ठाउँमा परिबर्तन संभव छ भन्ने उदाहरण मालपोत कार्याल भक्तपुरलाई चिन्न सकिन्छ । त्यही मालपोत कार्यालयमा केही वर्ष अघि अध्यारो कोठामा घुस लिँदालिँदै कर्मचारी समातिएका थिए। तर अहिले आएर सोही कार्यालय घुसमुक्त भएको जानकारी दिन्छन् कार्यालय प्रमुख भण्डारी बताउँछन् । उनी आएपछि सो कार्यालय सिसी क्यामेराको निगरानीमा छ । हरेक कर्मचारीहरुका टेबुल कुर्चीहरु को उचित व्यवस्थापन गरिएको छ। सेवाग्राहीहरुलाई बस्नको लागि मेच र पंखाको समेत व्यवस्था गरिएको छ । कार्यालयका हरेक कोठामा विभिन्न बोटबिरुवाहरु देख्न पाइन्छ ।

No description available.

देशैभरीका १३० मालपोत कार्यालयमध्य भक्तपुर मालपोत कार्यालयबाट संचालन हुने सेवाहरु भिन्न र व्यवस्थित
देखिन्छन् । डेढ वर्ष अगाडी कलंकी मालपोत कार्यालयबाट सुरुवा भएका कार्यालय प्रमुख देवीप्रसाद भण्डारीको एक्लो दृढताले सिंङगो देशैभरीका मालपोत कार्यायय मध्य भिन्न र नमूना योग्य कार्यालय बनाउने दृढ संकल्प लिएका छन् ।

कार्यालय व्यवस्थित गरी रमणीय वातावरणमा निष्पक्ष रुपमा कार्यसम्पादन गरिरहेको दृश्य देखिन्थ्यो। यस खालको परिवर्तनले भौतिक संरचनाका परिवर्तन भएको देखिएता पनि नीतिगत समस्याहरु कायमै छन् । पहिले सेवाग्राहीहरुको भीडभाड, कार्यालय अस्तव्यस्त देखिन्थ्यो तर अहिले सुधारमुख भएको पाईन्छ । । यसका लागि कार्यालय प्रमुखले परिवर्तनको विचार राखी कार्यालयलाई व्यवस्थित गर्ने सोच राख्नु सकरात्मक हो । उनी आउनु भन्दा पहिला कार्यालयको कुनाकुनामा सुर्ती, चुरोट र पानपराग खाएर थुकेर फोहोर देखिने अहिले सफा र चिटिक्क देखिन्छ । यस कारण देशैभरीका मालपोत कार्यालयहरु भन्दा भक्तपुर मालपोत कार्यालय भिन्न नै देखिन्छ।

No description available.

भौतिक संरचनाहरुलाई महिला,अपाङ्ग, बुढाबुढी मैत्री बनाउने यहाँ आइपुग्ने जुनसुकै सेवाग्राहीहरुले आफ्नो कार्यालयको महसुस गरोस् कार्यालयको परिकल्पना रहेको जानकारी कार्यालयका प्रमुख भण्डारीले कदर न्युजलाई बताउनु हुन्छ । सो कार्यालयलाई नेपालकै नमुना कार्यालय बनाउने चाहना रहेको कार्यालय प्रमुख भण्डारीको भनाई रहेको छ । उनी अगाडी भन्छन्, तर आर्थिक अभावले गर्दा हामीले उक्त कार्य पूरा गर्न नसकेको हो । भौतिक संरचना मात्र नभई नीतिगत परिवर्तनको पनि खाँचो रहेको छ । मानिसको चाप भिडभाड हुने यो कार्यालयलाई प्रविधि मैत्री बनाउँदै छिटोछरितो कार्यसम्पादन गर्ने केही नीतिहरू पनि निर्माण गर्नुपर्ने उहाँ बताउनु हुन्छ ।

No description available.

तर सेवाग्रही हरूको गुनासो भने फरक रहेको छ । सेवाग्राहीले भरिभराउ रहने मालपोत कार्यालयहरु सरकारी कार्यालय मध्येको एक महत्वपर्ण व्यस्त कार्यालय हो । उक्त कार्यालयमा हप्ताका ६ दिन नै सेवाग्राहीहरूको भीड लाग्ने गर्दछ । उक्त अर्धन्यायिक निकायमा सेवाग्राहीहरुले छिटो र छरितो सेवा प्रवाह नपाउँदा एउटै कामको लागि दिनहुँ धाउनुपर्ने र सरकारको दोहोरो नीतिको कारण हामिले दुख पाउने गरेको विभिन्न सेवाग्राहीहरुको गुनासो रहेको छ । कार्यालयहरूको संरचना नै घुस लिन र दिन मिल्ने खालका अस्तव्यस्त बनाएका हुन्छन् भन्ने सेवाग्राहीहरुको आक्रोश रहेको छ । कुनै पनि काम गर्दा टेबुल मुनिबाट गर्ने उनीहरूको भनाइरहेको छ । सानो कामका लागि दिनहुँ धाउनुपर्ने झन्झटिलो कारणले गर्दा पैसा दिएर पनि काम छिटोछरितो गराउने सेवाग्राहीको बुझाइ छ । तर कार्यालय प्रमुख यसको पनि अन्त्य गरेर सेवाग्रहीले समयमै सेवा पाउन भन्ने मनसायले आफु कार्यालय व्यवस्थित र पारदर्शी बनाउनमा लागि रहेको प्रमुख भण्डारी
बताउँछन् ।