११ जिल्लामा प्रमुख जिल्ला अधिकारी फेरिए

सरकारले ११ जिल्लामा प्रमुख जिल्ला अधिकारी फेरेको छ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा गृह मन्त्रालयका सहसचिव हरिप्रसाद घिमिरेलाई सिडिओ बनाइएको छ।

गृह मन्त्रालयका अनुसार सहसचिवसहित १६ जनाको सरूवा भएको छ। यीमध्ये ११ जना सिडिओ छन्।

गृह मन्त्रालयका सहसचिव कमलराज ढकाललाई भोजपुरको सिडिओ बनाइएको छ।

गृहकै सहसचिव जयनारायण आचार्यको जिल्ला प्रशासन कार्यालय कास्कीमा सरूवा भएको छ।

यस्तै लमजुङको सिडिओमा सुशील वैद्य, डोटीमा शंकरबहादुर विष्ट, मुगुमा रोमबहादुर महत, मनाङमा रवीन्द्रप्रसाद आचार्य, म्याग्दीमा चिरञ्जीवी राना, रसुवामा नवराज जैसी, तेह्रथुममा अनोजकुमार घिमिरे, सप्तरीमा विष्णु लामिछानेको सरूवा भएको हो।