नगद ४६ हजार १ सय ३० रुपैयाँ सहित पर्वत कुश्माबाट जुवाडे पक्राउ

असोज १५, पर्वत । चाँडबाँडको मुखैमा जुवा तासको खेलो सुरु हुन थालेको छ । यो खेल मनोरञ्जनका लागि लिने गरेपनि यसले मान्छेको जिवनमा ठूलो हानी र नोक्सानी गर्छ । कोही कसैको घरबार नै सखाप पार्दछ ।

गण्डकी प्रदेशको पर्वत जिल्ला कुश्मा नगरपालिका –४ ओमशान्ती पबित्रा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोदी गाउँपालिका –५ बा ४२ वर्षीय हरिबहादुर खत्री सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । ति जुवाडेहरुको साथबाट नगद ४६ हजा र १ सय ३० रुपैयाँ समेत बरामद गरेको प्रहरीले बताएको छ।