बालिकालाई भारतर्फ लैजाने क्रममा एक युवक पक्राउ

१५ असोज, पर्वत । बालिकालाई भारतर्फ लैजाने क्रममा एक युवक पक्राउ परेका छन् । एक ति युवकले बालिकालाई फकाई फुलाई भारततर्फ विक्रिका लागि लैजाने लागेका पर्वतको मोदी गाउँपालिका वडा नं ५ बाजुङका २४ बर्षिय सुर्यबहादुर भण्डारीलाई प्रहरुीले पक्राउ गरेको हो ।

असोज ६ गते दिउँसो साढे १२ बजेको समयमा प्रेमको नाटक गरी १४ बर्षिया बालिकालाई मोवाईल किनिदिएको तथा बिभिन्न प्रलोभनमा पारी गाडीमा चढाएर अभिभावकबाट छुट्टाई नेपाल भारत बोर्डर रानीजोगबनी पुर्‍याएका थिए । जोगबिनी स्थित मानव सहायता संस्थाले पक्राउ गरी अभिभावकको जिम्मा लगाएपछि दुवै जना पुन पर्वत जिल्लानै फर्केका थिए ।

भण्डारीलाई मानब बेचबिखन तथा ओसारपोसार मुद्धा शिर्षकमा पर्वत जिल्ला अदालतमा मुद्धा दर्ता गरी पहिलो पटक १० दिनको म्याद थप गरी अनुसन्धान भईरहेको समेत प्रहरीले जनाएको छ ।