Breaking News

अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन आजबाट राजधानीमा सुरु

नेकपा माओवादी केन्द्र पार्टी निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन आजबाट राजधानीमा सुरु भएको छ । कमलादीमा सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेका छन् भने अन्य शीर्ष नेताहरुको पनि सहभागिता रहेको छ। यस्तै देशभरबाट उल्लेख्य संख्यामा विद्यार्थीहरुको सहभागिता रहेको सम्मेलनको उद्घाटनमा तामझाम गरिएको छ ।

​सम्मेलनको नारा ‘शिक्षा, स्वास्थ्य रोजगारीको ग्यारेन्टीको लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औं राष्ट्रिय सम्मेलन’ भन्ने तय गरिएको छ । उद्घाटनपछि महाधिवेशनको बन्दसत्र कीर्तिपुरमा हुनेछ । सम्मेलनबाट अखिल क्रान्तिकारीको नेतृत्वका लागि वर्तमान उपाध्यक्ष सुरेन्द्र बस्नेत र पन्चा सिंह मुख्य दौडमा छन् । यस्तै, महासचिव उत्तम अधिकारीसहित तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम पनि अध्यक्षको आकांक्षी देखिएका छन् ।