बालुवाटारमा सर्वदलीय बैठक बस्दै

१४ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा सर्वदलीय बैठक बस्दैछ । बैठक आज बिहान १० बजे बालुवाटार बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई आमन्त्रण गरिएको छ ।

बंठकमा संसदको अवरोधलाई निकास दिने लगायतका विषयमा छलफल हुनेछ ।

आजै दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक पनि बोलाइएको छ । त्यसअघि प्रधानमन्त्री देउवादले सर्वदलीय बैठक बोलाएका हुन् । यसअघिका बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले लगातार अवरोध गरेको थियो ।

संसदको अवरोधबारे सभामुख अग्निप्रसाद सापकोटाले पहल गरे पनि निकास निस्किन नसकेपछि प्रधानमन्त्रीले नै पहल थालेका हुन् ।

सभामुख सापकोटाले बोलाएको बैठकमा त प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली सहभागी नै भएका थिएनन् । प्रधानमन्त्री देउवाले बोलाएको बैठकमा भने पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली जाने नजाने टुंगो छैन ।