नेपालमा थप ११५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि १,११३ संक्रमणमुक्त ८ जनाको मृत्यु

१३ असोज, काठमाडौं । नेपालमा थप ११५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५२ पीसीआर परीक्षणमा ८९२ जना र ३,८८९ एन्टिजेन परीक्षणमा २६५ जना गरी ११५७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ३३५ जना संक्रमित भेटिएका छन् । जसमध्ये भक्तपुरमा २८, ललितपुरमा ४२ र काठमाडौं जिल्लामा २६५ जनामा संक्रमण पुष्टि भएको छ ।

आजै कोरोना संक्रमणमुक्त थप संख्या १,११३ रहेको छ भने ८ जनाको मृत्यु भएको् छ ।

हाल कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १८ हजार १९३ रहेको छ । जसमध्ये १,३१५ जना संस्थागत आइसोलेनमा छन् । जसमा ३५४ जना आईसीयूमा र ९९ जना भेन्टिलेटरमा छन् ।

त्यस्तै १६ हजार ८७८ जना होम आइसोलेसनमा छन् ।