तीन दिन लगातार घटेको शेयर कारोबार मापक नेप्से परिसूचक आज सुधार

१३ असोज, काठमाडौं । तीन दिन लगातार घटेको शेयर कारोबार मापक नेप्से परिसूचक आज सुधार भएको छ । आज ५० दशमलव ५८ अंकले बढेर नेप्से परिसूचक २ हजार ६ सय ६५ दशमलव ९३ अंकमा पुगेको छ । यस अघि तीन दिन लगातार घट्दा नेप्से परिसूचक २ सय अंकले तल झरेको थियो ।

‘क’ वर्गमा रहेका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ५८ दशमलवले बढेको छ । कारोबार रकममा भने खास उल्लास देखिएन ।

दिनभर भएका ६३ हजार ९ सय १६ कारोबारबाट २२९ कम्पनीका ९८ लाख ९४ हजार ४ सय ७८ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँ पुगेको छ ।

यी हुन् धेरै कमाउने १० कम्पनी

बजारमा उच्च अंकको सुधार आउँदा अधिकांश कम्पनीहरुको शेयर मूल्य बढेको छ । समूहगत सूचक ९सवइन्डेक्स० हरु सबै बढेका छन् । धेरै बढ्नेको शिर्ष स्थानमा ग्रीन डेभलपमेन्ट बैंक देखिएको छ ।

यो बैंकको शेयर मूल्य १० प्रतिशत अर्थात ३५ रुपैयाँ ४० पैसाले बढेर ३८९ रुपैयाँ ४० पैसा पुगेको छ ।

धेरै बढ्ने दोस्रो नम्बरमा अपी हाइड्रोपावर देखिएको छ । जसको शेयर मूल्य ४१ रुपैयाँ ८० पैसाले बढेर ४५९ रुपैयाँ ८० पैसा पुगेको छ । बुधबार कालिका माइक्रोफाइनान्स, जोशी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त लगायतका कम्पनीहरु धेरै बढ्नेको शिर्ष स्थानमा देखिएका छन् ।