परराष्ट्र मन्त्री नारायण खड्काले राष्ट्रपतिबाट लिएको सपथ बदर गर्न माग गर्दे सर्वोच्च अदालतमा रिट दायर

परराष्ट्र मन्त्री नारायण खड्काले राष्ट्रपतिबाट लिएको सपथ बदर गर्न माग गर्दे सर्वोच्च अदालतमा रिट दायर भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्र मन्त्रीमा नियुक्त गरेपछि असोज ६ गते खड्काले राष्ट्रपतिबाट शपथ लिएका थिए।

कानुनले परिकल्पना गरेको कुनै ढाँचा बिना असंवैधानिक तवरले गराइएको शपथ बदर गर्न माग गर्दै अधिवक्ता विशाल न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

उनले शपथसम्बन्धी कानुन निर्माण नगरी कसैलाई मन्त्रीको हैसियतमा सपथ नगर्नरनगराउन आदेश पनि मागेका छन्।

यो मुद्दाको अन्तिम टुंगो नलागेसम्मको लागि मिति २०७८र०६र०६ मा नियुक्त परराष्ट्र मन्त्री नारायण खड्कालाई परराष्ट्र मन्त्रीको हैसियतमा संविधान बमोजिम कानुन बनाई सपथ ग्रहण नलिएसम्म मन्त्रीको हैसियतले काम नगर्नूर नगराउनू र संविधानको धारा ८० बमोजिम संघीय कानुन निर्माण नगरी कसैलाई पनि मन्त्रीको हैसियतले सपथ ग्रहण नगर्नूर नगराउनू भनी अन्तरिम आदेश जारी गरी पाऊँ, रिटमा उल्लेख छ।