विरोध खतिवडाको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) सरकारमा जाँदै

सरकारले आज राजनीतिक अध्यादेश खारेजगरेपछि सरकारले पूर्णता पाउन लागेको छ । यसै क्रममा सत्ताको प्रमुख साझेदार नेकपा (एकीकृत समाजवादी) पार्टीले पार्टीका नेता विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भएको छ ।

एकीकृत समाजवादी का एक नेताहरुका अनुसार समाजवादीले सात मन्त्री पाउनुपर्ने दाबी गरेको थियो । तर, गठबन्धनमा भागबण्डा मिलाउँदा एक राज्यमन्त्रीसहित ६ मन्त्री मात्र पाउने निश्चित भएको छ । जसअनुसार अध्यक्ष माधवकुमार नेपालले पार्टीका तर्फबाट मन्त्री बन्ने ६ जनाको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेका छन् ।

अध्यक्ष नेपालले सांसदहरु विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ र भवानी खापुङलाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई नाम दिएका हुन् ।

गठबन्धनबीच बिहीबारसम्म सरकारलाई पूर्णता दिने सहमति भएको बुझिएको छ ।