काठमाडौंबाट पोखराका लागि उडेको यू ६०१–९ एनएजेओ बुद्धको जहाजको ककपिटमा धुँवा देखिएपछि काठमाडौं फिर्ता

११ असोज, काठमाडौं । बिहान साढे ७ बजे काठमाडौंबाट पोखराका लागि उडेको यू ६०१–९ एनएजेओ बुद्धको जहाजको ककपिटमा धुँवा देखिएपछि काठमाडौं फिर्ता भएको छ ।

जहाजमा देखिएको समस्या समाधान गरी सो जहाज पुनः पोखरा गएको छ । ‘ककपिटमा स्मोक देखिएपछि जहाज फिर्ता भएको थियो’, उनले भने, ‘समस्या पहिचानपछि जहाज पुनः उडिसकेको छ ।’

बुद्ध एयरका अधिकारीहरुले समेत सो जहाजमा मेजर समस्या नदेखिए पनि चालक दलले जोखिम नलिई जहाज फिर्ता गरेको जनाएका छन् ।

आजै बिहान काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको एउटा जहाज अवतरण गर्ने बेला पाङ्ग्रा नखुलेपछि काठमाडौंमै फिर्ता भएको थियो ।